Logo

प्रचण्ड र माधव नेपालले नै मलाई हटाउने ग्राण्ड डिजाईन गर्न सकेनन् होला, अन्त कतैबाट भएको आदेश पालना भयो : ओली



काठमाडौं, ११ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउनको लागि पुष्पकमल दाहाल र माधव नेपालले ग्राण्ड डिजाईन गर्न सक्ने ल्याकत नराख्ने भन्दै बरु अन्त कतैबाट भएको आदेश पालना गरेको टिप्पणी गरेका छन् । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कम्युनिष्ट पार्टी विभाजन गर्न आफूले भूमिका खेलेको भनेर लगाईएको आरोपमा कुनै सत्यता नभएको पनि जिकिर गरे । उनले आफ्नो निशानामा अदालत, निर्वाचन आयोग र सभामुख नभएको स्पष्ट पारे । बरु, अदाललते दुनियाँमा कहीँ नभएको फैसला गरेको पनि उनको भनाई थियो । अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको विषयमा उनले यस्तो टिप्पणी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot