Logo

भोलीदेखि उपत्यकाका विद्यायल खुल्ने, नियय पालना नगरे कारबाही हुने



काठमाडौं, १४ भदौ । भोली (भदौ १५) गतेदेखि उपत्यकाका केही विद्यालय खोल्ने भएका छन् । कोरोना भाइरसको तेस्रो संक्रमण फैलिएको बेला काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले भौतिक रुपमा विद्यालय संचालन गर्ने निर्णय गरेको हो ।

गोकर्णेश्वरनगरपालिकाले एक विज्ञप्तीमार्फत सम्बन्धित निकायहरुसँगको छलफलपछि विद्यालय संचालन गर्ने सहमति भएको जनकारी दिएको हो । विद्यालयमा तोकिएको अनुसार स्वास्थ्य निर्देशिकाको पालना तथा व्यवस्थापन नभएमा कारबाही गर्ने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्