Logo

रोनाल्डोले लेखाए ‘गिनिज वर्ल्ड रेकर्ड्स’मा नाम



काठमाडौं, १९ भदौ । पोर्चुगलका कप्तान तथा फुटबल क्रिस्टियानो रोनाल्डोले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’मा आफ्नो नाम लेखाउन सफल भएका छन् ।

रोनाल्डोले अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता भएर गिनिज बुकमा आफ्नो नाम लेखाउन सफल भएका हुन् । फिफा विश्वकप २०२२ छनोट खेल अन्तर्गत बिहीवार रोनाल्डोले आयरल्यान्डविरुद्ध दुई गोल गर्दै उक्त कीर्तिमान बनाएका थिए ।

इटालियन क्लब युभेन्टसबाट आफ्नो पुरानो क्लब म्यानचेस्टर युनाइटेड फर्किएका रोनाल्डोले गिनिज बुकमा नाम लेखाएपछि सामाजिक सञ्जालमा तस्वीर राख्दै खुशी व्यक्त गरेका छन् ।
उनले आफ्नो फेसबुक तथा इन्स्टाग्राममा गिनिज बुकलाई धन्यवाद दिदैं गोल संख्या अझै बढाउन कोसीस गर्ने बताएका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्