Logo

टहरोमा जुवातास खेल्दा ७ जना पक्राउ



काठमाडौं, २२ भदौ । जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका १६ बालाजु बसन्तनगर हिले टोल बस्ने भारत मोतिहारी घर भएका ३४ वर्षीय लाल बाबु गुप्ताको टहरोमा तास खेलिरहेको अवस्थामा गुप्ता सहित ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त टहरोमा जुवातास खेलिरहेको सूचनाको आधरमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३१ हजार रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot