Logo

विश्वकप लिग–२ को पहिलो एकदिवसीय खेलमा नेपालले अमेरिकाविरुद्ध बलिङ गर्दै



काठमाडौं, २८ भदौ । अमेरिकाविरुद्ध आईसीसी क्रिकेट विश्वकप लिग–२ को पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । अमेरिकाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङ गर्ने भएको हो । खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा हुँदैछ । ओमानमा हुन लागेको अमेरिका, नेपाल र घरेलु टोली (ओमान) बीचको त्रिदेशीय शृंखलामा यो पहिलो खेल हो ।

यसअघि नेपाल र अमेरिकाले अभ्यास स्वरुप पपुवा न्युगिनीविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालको यो दोस्रो त्रिदेशीय शृंखला हो । यसअघि नेपालमै फेब्रुअरी २०२० मा सम्पन्न त्रिदेशीय शृंखलामा नेपालले अमेरिकालाई दुबै खेलमा पराजित गरेको थियो ।

नेपाली टोलीमा आज कुशल मल्ल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल, विनोद भण्डारी, कुशल मल्ल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, विक्रम सोब र सुशन भारीलाई रहेका छन् ।-तस्बिरः एनएसजेफ



प्रतिक्रिया दिनुहोस्

Screenshot