Logo

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज सात खेल हुँदै



काठमाडौ, ९ असोज । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज सात वटा खेल हुँदैछन् ।आज बेलुका सवा ५ बजे चेल्सी र म्यानचेस्टर सिटी बिच प्रतिस्पर्धा हुँदैछ । साथै सोही समयमा म्यानचेस्टर युनाइटेड र एस्टन भिल्लाको खेल रहेको छ ।

चेल्सी र लिभरपुलको समान १३ अङ्क रहेको छ । तर, गोल अन्तरको आधारमा चेल्सी लिगको शीर्ष स्थानमा रहेको छ भने लिभरपुल तेस्रो स्थानमा रहेको छ ।साथै, लिभरपुल पनि ५ खेलमा ४ जित निकाल्दै १३ अङ्कसहित लिगको दोस्रो स्थानमा रहेको छ ।

साथै, ब्राइटन लिगको चौथौं स्थानमा रहेको छ भने सिटी १० अङ्कसहित पाँचौँ स्थानमा छ । यस्तै आजै राति पौने ८ बजे लेस्टर सिटी र बर्नली, लिड्स युनाइटेड र वेष्ट ह्याम, एभर्टन र नर्वीच सिटी र वार्टफोर्ट र न्युक्यासल बिचको खेल हुँदैछ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot