Logo

काठमाडौं र विराटनगरबीचकाे खेल स्थगित



काठमाडौं, ११ असोज । एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज तय भएको काठमाडौं किंग्स ११ र विराटनगर वारियर्स बीचको खेल स्थगित भएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा धेरै पानी जमेकोले खेल खेलाउन लायक नभएकोले खेल नहुने भएको हो ।

खेल टस नै नभई स्थगित भएको हो । अघिल्लो दिन वर्षाका कारण मैदान भिजेकोले ९:३० मा सुरु हुनुपर्ने खेल निर्धारित समयमा टस हुन नसकेपछि खेल हुन सकेन । ११:४० मा पछिल्लो पटक मैदान निरिक्षण गर्दा खेल मैदान तयार नभएकोले खेल स्थगित गर्ने निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस्