Logo

चीनको ७२ औँ स्थापना दिवसमा पुटिनले दियो बधाई, सम्बन्ध प्रगाढ हुने विश्वास



एजेन्सी, १५ असोज । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले चीनको ७२ औँ स्थापना दिवसमा चिनियाँ राष्ट्रपति सि जिन पिङलाई बधाई दिएका छन् । उनले शुक्रबार चिनियाँ राष्ट्रपतिलाई बधाई सन्देश पठाएका हुन् ।

सन्देशमा बधाईसँगै रुस र चीनबीचको सहकार्य थप प्रगाढ हुने विश्वास व्यक्त गरेको रुसी सञ्चारमाध्यम तासले लेखेको छ ।

उनले पठाएको सन्देशलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘मलाई विश्वास छ की हाम्रो सम्बन्ध झनै प्रगाढ हुनेछ । सम्बनध् दुवै देशका नागरिकहरुको हितमा केन्द्रित रही हुनेछ । सम्बन्धलाई प्रगाढ बनाई विश्व स्तरमा शान्ति र स्थायित्व कायम गरिनेछ ।’

चीनले आर्थिक, सामाजिक, वैज्ञानिक स्तरबाट आफूलाई निरन्तर विकास गरिरहेको उनले सन्देशमा लेखेका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्