Logo

गीतकार एवम् संगीतकार मिना लामाको दशै गीत परदेशको पीडा सार्वजानिक (भिडियोसहित)



काठमाडौँ, १६ असोज । गीतकार तथा संगीतकार मिना लामाको दशै गीत परदेशको पीडा(आमा)सार्वजनिक भएको छ । चाहबिल स्तुपा नजिकै रहेको जुम बर्गर फापारे सेलो साँझमा एक पत्रकार सम्मेलन गरि गीतको भिडियो मिना कृयसन युट्युब च्यानलमाफत सार्वजानिक गरेका हुन ।

राजकुमार बानियाँको आवाज रहेको उक्त गीतमा मिना लामा स्वयंको शब्द, संगीत रहेको छ भने कृष्ण शताब्दीको संगीत संयोजन रहेको छ । गीतलाई अजय रेग्मीले छायांकन, राजेश कुमारले भिडियो सम्पादन गरेका
हुन्। गीतको भिडियोलाई शिव बिकले निर्देशन गरेका हुन्।

गीतको म्युजिक भिडियोमा गौरी मल्ल, अमिर दोङ, सुधीर श्रेष्ठ, रमेश लामा, नविना ब्लोन, लोकेन लामा, विष्णु लामा र विशाल युद्धको अभिनय रहेको छ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा तामाङ तथा सेलो गीत संगीत क्षेत्रका स्वरसम्राट चन्द्र कुमार दोङ रहेका थिए भने विशेष अतिथिको रुपमा तामाङ चलचित्र क्षेत्रका महानायक अमिर दोङ रहेका थिए । भिडियो सार्वजनिक कार्यक्रम डिजिएस अनलाईन, मिडिया नेपाली सेलो म्युजिक,सदाबहार टिभीको समन्वयमा सम्पन्न गरिएको थियो।कार्यक्रम डिजिएस अनलाईन टिभीका प्रस्तोता सिङ्ग मोक्तानको सभापतित्वमा सम्पन्न भएको हो।



प्रतिक्रिया दिनुहोस्