Logo

बेलायतकी महारानी एलिजावेथलाई आराम गर्न डाक्टरको सुझाव, सम्पूर्ण भ्रमण रद्द



एजेन्सी, ४ कात्तिक : बेलायतकी महारानी एलिजावेथलाई केहि दिन आराम गर्न डाक्टरहरुले सुझाव दिएका छन्। महारानी एलिजावेथलाई डाक्टरहरुले थप आराम गर्न सुझाव दिएका हुन्। प्यालेसको भनाईलाई उदृत गर्दै स्रञ्चारमाध्यम सिएनबीसीले लेखेको छ,‘महारानीले चिकित्सकहरुको सल्लदाह माने उनले केहि दिन आराम गर्ने निर्णय गरेकी छिन् ।’

बकिङहम प्यालेसका अनुसार मेडिकल सुझावपछि एलिजावेथले बुधबार उत्तरी आयरल्याण्डको भ्रमण रद्द गरेकी छिन्। महारानीले आराम गर्नुको कारण कोभिड नभएको समेत दरबारले प्रष्ट पारेको छ।

९५ वर्षीय महारानीले करिब ७० वर्षको लागि शासन गरेकी छन्। सन् १९९२ फेब्रुअरी ६ मा आफ्नो बुवाको मृत्युपछि केवल २५ वर्षको उमेरमा उनी दोस्रो महारानी एलिजावेथ बनेकी थिइन्।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot