Logo

पुटिन जलवायु सम्मेलनमा सहभागी नहुने



एजेन्सी, ४ कात्तिक। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आगामी नोभेम्बरमा आयोजित जलवायु सम्मेलनमा सहभागी नहुने भएका छन् । सम्मेलनमा भाग नलिनुको कारण उल्लेख नगरिएपनि उनले उक्त निर्णय गरेका हुन्।

जलवायु परिवर्तनको मुद्दा रुसको लागि महत्वपूर्ण भएपनि राष्ट्रपति पुटिनले सम्मेलनमा भाग नलिने निर्णय गरेको राष्ट्रपति कार्यालय क्रेम्लिनले जनाएको छ।

जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कप २६ अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्मका लागि स्कटल्याण्डको ठूलो शहर ग्ल्यास्गोमा आयोजना हुँदैछ। उनी स्कटल्याण्डको लागि प्रस्थान समेत नगर्ने उनका प्रवक्ता डिमिट्रि पेस्कोभले बताएका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि उक्त सम्मेलनमा भाग नलिने संकेत देखाएको बुझिएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot