Logo

नेप्सेमा हरियाली: ८७ अंकले बढ्दा ४ अर्बमा सिमित कारोबार



काठमाडौं, ८ कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज हरियाली छाएको छ । साताको कारोबारको दोस्रो दिन सोमबार (आज ) नेप्से ८७ दशमलव ६३ अंकले बढेर २६ सय ७२ दशमलव २५ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज १३ दशमलव ६१ अंकले बढेर ५०४ दशमलव ५७ उच्च विन्दु कायम भएको हो ।

आज २२९ कम्पनीको ५३ हजार ७९२ पटक कारोबार भएर ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार ५७५ रुपैयाँको बराबरको ८३ लाख ९५ हजार ८६४ कित्ता शेयर खरिद बिक्रि भएको नेप्सेले जनाएको छ ।

आज १३ सुचक मध्ये सबैमा हरियाली छाएको छ । सबैभन्दा धेरै हाइड्रोपावर समुहको ७ दशमलव ५७ प्रतिशतले बृद्धि भएको हो ।



प्रतिक्रिया दिनुहोस्