Logo

नेप्से आज १८ अंकले बढ्दा ६ अर्बको कारोबार



काठमाडौं, १० कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज उच्च अंकको बृद्धि भएको छ । साताको कारोबारको चौथो दिन आज (बुधबार) नेप्से १८ दशमलव ६ अंकले बढेर २७ सय ६९ दशमलव १३ उच्च विन्दु कायम भएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ० दशमलव ४९ अंकले बढेर ५१६ दशमलव ५६ उच्च विन्दुमा थामिएको हो ।

बुधबार (आज) २२८ कम्पनीको ७५ हजार ६१२ पटक कारोबार भएर ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८४० रुपैयाँ बराबरको १ करोड १५ लाख ९२ हजार २३५ कित्ता शेयर खरिद बिक्रि भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot