Logo

घरेलु मैदानमा पीएसजीको जित



काठमाडौं, १३ कात्तिक । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिले माथि जित निकालेको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले लिलेलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
पिएसजीको घरेलु मैदानमा भएको खेलमा लिलेले सुरुवाती अग्रता लिएको थियो । तर, खेलको दोस्रो हाफमा पीएसजी खेलमा फर्किएको थियो ।

खेलको ३१औं मिनेटमा लिलेका जोनाथन डेभिडले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । साथै, खेलको ७४औं मिनेटमा मारक्विनहोसले गोल गर्दै पीएसजीलाई १–१ गोलको बराबरीमा फर्काएका थिए । यस्तै, खेलको ८८औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै पीएसजीलाई २–१ को रोमान्चक जित दिलाए ।

यस जितसँगै पीएसजी १२ खेलमा ३१ अंक जोड्दै शीर्ष स्थानमा यथावत रहेको छ । लिले १५ अंकका साथ ११औं स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्