Logo

साउदीमा पहिलो पटक महिला फुटबल लिग सञ्चालन हुँदै



एजेन्सी, २९ कात्तिक। साउदी अरबमा पहिलो पटक महिला फुटबल लिग सञ्चालन हुने भएको छ। यस महिनाको अन्तिममा साउदीमा पहिलो पटक महिला फुटबल लिग सञ्चालन हुन लागेको हो। साउदी फुटबल फेडेरेसन (महासंघ)का अनुसार लामो समयपछि साउदीले महिला खेलकुदको लागि अवसरको ढोका खोलेको छ। प्रतियोगिता नोभेम्बर २२ देखि सञ्चालन हुने छ।

रुढीवादी साउदी अरेबियामा लामो समयदेखि महिला खेलकुदमा प्रतिबन्ध लगाइएको थियो। राष्ट्रिय र क्षेत्रीय गरी नयाँ महिला फुटबल लिग दुई चरणमा हुने साउदी फुटबल महासंघले जनाएको छ। महासंघका अनुसार १६ वटा समूहले पहिलो चरणको खेलमा भाग लिनेछन्। पहिलो चरणको खेल राजधानी रियाद, जेदाह र दाम्माममा हुने छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्