Logo

शम्भु थापालाई टुँडिखेलमा ल्याएर बाँसको हरियो कर्ची काटेर आगोमा पोलेर त्यसले कुट्नुपर्ने हो : सत्यनारायण मण्डल (भिडिओसहित)



काठमाडौं, ७ मंसिर । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष शम्भु थापालाई बेकुफको संज्ञा दिएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘त्यो बेकुफ शम्भु थापा, र नेपालका कुलंघार न्यायाधीशहरु, यिनीहरु न्यायाधीश हुन ? यिनीहरुमा देशभक्ति छ ? जब दुर्गानान्द झालाई सजाय गर्ने कुरा आयो, त्यो भीम रावल पनि एकदमै ठूलो राष्ट्रवादी बनिरहेको छ ।’

उनले शम्भु थापालाई टुँडिखेलमा ल्याएर बाँसको हरियो कर्ची काटेर आगोमा पोलेर त्यसले कुट्नुपर्ने टिप्पणी गरे । उनले भने,‘यी मुलाहरु सबै विदेशीका एजेण्ट हुन, तलब खानेहरु हो, बर्ता कुरो गर्छ ?’ उनले शम्भु थापालाई केटोको संज्ञा दिए। उनले भने,‘त्यो केटो कहिले जन्मिएको हो ? मान्छे चिनेको छ ? लम्पटहरु कहीँका ? यस्ता नालायकहरु, मैले चाहेको भए नेपालमा लोकतन्त्र र गणतन्त्र आउने थिएन, शम्भु थापाको के योगदान छ ? त्यो मूला बर्ता हुन्छ ?



प्रतिक्रिया दिनुहोस्

Screenshot