Logo

भीम रावलले पब्लिक कन्जम्सनको लागि अध्यक्षमा उम्मेद्धवारी दिनुभएको हो : सूर्य थापा (भिडिओसहित)



काठमाडौं, ९ मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेता सूर्य थापाले भीम रावलले उम्मेद्धवारी दर्ता गरेपछिमात्रै उम्मेद्धवारी दिएको हो भनेर मान्नुपर्ने अन्यथा मान्न नसकिने बताएका छन् ।

उनले भने,‘अहिले उहाँको उम्मेद्धवारी घोषणा त पब्लिक कन्जम्सनका निम्ति हो, यसो माहोल टेष्ट गर्नको लागि दिनुभएको हो, कहिलेकाहीँ उत्तेजनात्मक कुरा, तरंग दिमागमा चढेको बेलामा अछाममा गएर घोषणा गरिहाल्नुभयो, काठमाडौंमा आएपछि के गर्ने भनेर विलखबन्दनमा हुनुहुन्थ्यो, तपाईँले रिपोर्टर्स क्लब नेपालमा बोलाएर घोषणा गराईदिनुभयो, हाम्रो महाधिवेशनको त १० गतेपछि ११ गतेमात्रै मनोनयन दाखिला गर्ने कुरा ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले रावलले उम्मेद्धवार हुने कुरा र एकचोटी अध्यक्ष होउँ भनेर मन लाग्नु स्वभाविक भएको पनि बताए ।

उनले एमालेमा केपी शर्मा ओली नेतृत्वमा आईसकेपछि पार्टी लोकप्रिय हुँदै अघि बढेको पनि स्मरण गराए । उनले आफ्नो पार्टी अध्यक्ष ओलीविरुद्ध प्रचण्ड र माधव नेपाल किन खनिएको भन्ने कुरा । माधव नेपाल कुनै ज्योतिष नभएको भन्दै उनको कुरा नगर्न सुझाव दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot