Logo

बिल्बोओ र ग्रानाडा बराबरीमा रोकिए



काठमाडौं, ११ मंसिर । ला लिगा फुटबलमा एथलेटिको बिल्बोओ र ग्रानाडा बराबरी खेलेका छन् ।

शुक्रबार राति भएको खेलमा एथलेटिक बिल्बाओ र ग्रानाडाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

बिल्बाओको घरेलु मैदानमा भएको खेलमा बिल्बाओले शुरूआती अग्रता लिएको थियो ।

खेलको १०औं मिनेटमा राउल गार्सियाले गोल गर्दै बिल्बाओलाइृ सुरुवाति अग्रता दिलाएका थिए ।

साथै, खेलको २५औं मिनेटमा ग्रानाडाका डार्विन माचिसले गोल गर्दै खेललाई बराबरी गोल ल्याएका थिए ।

यस्तै, खेलको ३४औं मिनेटमा जर्ज मोलिनाले गोल गर्दै ग्रानाडालाई २–१ को अग्रता दिलाएका थिए ।

साथै, खेलको ७६औं मिनेटमा बिल्बाओले ग्रानाडाको आत्मघाती गोल सहयोगमा खेल बराबरीमा सकेको थियो ।

यस बराबरीसँगै बिल्बाओ २० अंकका साथ आठौं स्थानमा रहेको छ ।

खेलबाट १२ अंक बनाएको ग्रानाडा १६औं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot