Logo

आफ्नो पोस्टरलाई दुधले अभिषेक गर्ने फ्यानहरुमाथि आक्रोसित सलमान



एजेन्सी, १४ मंसिर । बलिउडका सुपरस्टार सलमान खान लामो समयपछि ‘अन्तिमः द फाइनल टुर्थ’मार्फत ठुलो पर्दामा देखिएका छन् । सलमानको यो फिल्ममा फ्यानहरुको जबरजस्त क्रेज देखिएको छ । फिल्ममा सलमान खानले सिख प्रहरी अफिसरको भुमिका निभाएका छन् ।

सलमानको फ्यानहरुले सिनेमाघरमै पनि उत्सव मनाइरहेका छन् भने कसैले उनको पोस्टरमा दुधले अभिषेक गरेका छन् । तर उनका फ्यानले गरेको यस्ता हर्कतले सलमान भने खुशी भएका छैनन् ।

सलमान खानले सामाजिक सञ्जालमा एक भिडियो शेयर गरेका छन् जसमा फ्यानहरुले ‘अन्तिम’ को पोस्टरमा दुध चढाएको देखिन्छ ।
सलमानले भिडियो शेयर गर्दै आफ्नो पोस्टरमा दुध चढाउने फ्यानहरुलाई गरीब बच्चाहरुले दुध खान नपाएको भन्दै उनीहरुलाई पिलाउन आग्रह गरेका छन् । सिनेमाहलमा अतिशबाती गर्ने फ्यानहरुलाई पनि सलमानले आगो लाग्ने खतरा हुने भएकोले आडिटोरियममा पटका लिएर नजान समेत आग्रह गरेका छन् ।

सलमानको फिल्म ‘अन्तिम’ २६ नोभेम्बरमा प्रदर्शन भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्