Logo

लिङ्देनलाई लोहनीको साथ (विज्ञप्तिसहित)



काठमाडौं, १४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा सांसद राजेन्द्र लिङ्देनलाई डा. प्रकाशचन्द्र लोहनीले साथ दिने घोषणा गरेका छन् । आज पत्रकार सम्मेलन आयोजना गरेर लोहनीले उक्त घोषणा गरेका हुन् ।

अध्यक्ष राणाले यस अघि नै पार्टी हित र एकताका लागि निर्वाचनबाट अलग रहने निर्णय गरीसकेका छन् । अध्यक्ष लोहनीले पनि नयाँ पुस्ताको समथर्न गर्दै उम्मेद्वारी नदिने निष्कर्षमा पुगी लिङ्देनलाई साथ दिने घोषणा गरेका हुन् ।

लोहनीले नयाँ पुस्तालाई नेतृत्वमा लानुपर्ने अवधारणाका साथ लिङ्देनको पक्षमा उभिएको स्पष्ट पारेका छन् । उनले अध्यक्षहरु कमल थापा र पशुपति शमशेर राणालाई पनि लिङ्देनलाई मौका दिई अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

लोहनीले संविधान भित्रको राजसंस्था र वैदिक सनातन हिन्दु राष्ट्र तथा प्रजातान्त्रिक विधि र पद्धतिप्रति प्रतिवद्ध भएको समेत उल्लेख गरेका छन् । यसलाई सफल बनाउन लिङ्देनलाई साथ दिन आग्रह गरेका छन् ।

लोहनीसँगै पूर्वमन्त्री टंक ढकाल र महामन्त्रीको उम्मेदवारी घोषणा गरेका धबल शमशेर पत्रकार सम्मेलनमा उपस्थित थिए ।

Photo: Mukunda Kalikote/Reportersnepal



प्रतिक्रिया दिनुहोस्

Screenshot