Logo

पुर्वमन्त्री गौचनद्धारा राजेन्द्र लिङ्देनको प्यालनबाट राप्रपा उपाध्यक्षमा उम्मेद्धवारी घोषणा (भिडिओसहित)



काठमाडौं, १४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन नजिकिँदै गर्दा पार्टीका प्रभावशाली नेता तथा पुर्वमन्त्री जगतप्रसाद गौचनले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पुर्वमन्त्री गौचनले जनतालाई गरेको वाचा पुरा गर्न राजेन्द्र लिङदेनको प्यानलबाट उम्मेदवारी दिने बताए । राप्रपाको महाधिवेशन मंसिर १५, १६ र १७ गते काठमाडौंमा हुँदैछ ।

२०६५ साल जेठ १५ गते संसद् भवनबाट गणतन्त्र घोषणा हुन गईरहेको समयमा आफु एक्लैले टुँडिखेलमा गणतन्त्रको विरोधमा विरोध जुलुश निकालेको स्मरण गराउँदै उनले भने, ‘त्यत्तिबेला सम्बोधनको क्रममा मैले तपाईहरुले आन्दोलन गरेर वार्ता गरेर आन्दोलन स्थगित भएको मात्र हो, कुनै वारपार भएको छैन् । तर, तपार्इँहरुले धोका दिनुभयो । सच्याउनुहोस् नत्र गणतन्त्र ढालिदिन्छौ भनेको थिएँ ।’ हिजो आफुले थापेको जगमा अहिले सारा देश हिँड्न थालेको उनको भनाई थियो । १२ बुँदे सहमति गर्ने नेताहरु पनि आँफै असफल भएको उनले आरोप लगाए ।

अब राष्ट्रिय प्रजातन्त्र पार्टीले देशको नेतृत्व गर्नुपर्नेमा उनको जोड थियो । राप्रपाको आसन्न महाधिवेशनबाट नयाँ युवाहरुको नेतृत्व आउनुपर्नेमा जोड दिँदै उनले पार्टीका पुराना र परिपक्व नेताहरुले अब मार्गदर्शन गर्नुपर्ने बताए । उनले भने,‘पाका र परिपक्व नेताहरु अब पार्टीको संरक्षक भएर बस्नुपर्छ, युवाहरुलाई अगाडि आउन दिनुपर्छ ।’

आन्दोलनलाई सफल पार्न र जनताहरुसँग गरेको वाचा पु्र्याउन आफुले उम्मेदवारी दिन लागेको गौचनले बताए । २०४६ पछि सम्पुर्ण पार्टीहरुको नेतृत्वमा बसेकाहरुले मुलुकलाई समृद्ध बनाउन नसकेको उनले आरोप लगाए ।

उनले भने,‘कसैले पनि देशलाई कुनै दिशा दिन सकेनन् । अब नयाँ पुस्ताहरु नेतृत्वमा आउनुपर्छ भन्ने मेरो मान्यता छ ।’ उनले पुरानो पुस्तालाई संरक्षकमा राखेर सहमति गरेर अगाढिड बढ्ने भन्दै यदी सहमति हुन नसकेमा चुनावी मैदानमा उत्रिन आफु तयार भएको उनले स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot