Logo

शेरबहादुर देउवाजी सभापति हुनुभयो भने कांग्रेसको भविष्य अन्धकार छ : पुरञ्जन आचार्य (भिडिओसहित)



काठमाडौं, २२ मंसिर । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले रामचन्द्र पौडेल समूहले सहमतिबाटै सभापतिमा एक जनाले उम्मेद्धवारी दिने बताए । उनले मुलुकको राजनीतिलाई नेतृत्व गर्नको लागि पौडेल समूहले सुझबुझपूर्ण तवरले आफ्नो कदम चाल्नुपर्नेमा जोड दिए ।

आचार्यले वर्तमान सभापति शेरबहादुर देउवा नै फेरि सभापति भए कांग्रेसको भविष्य अन्धकार रहेको बताए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले देउवाको विकल्प खोज्नु स्वभाविक रहेको सुनाए । उनले मुलुकमा हरेक कुराको विकल्प रहेको टिप्पणी गरे । उनले देउवाको नेतृत्वमा पार्टीको साईज सानो भएको र भोलि देउवा नै सभापति भए झन सानो हुने पनि चिन्ता व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot