Logo

कांग्रेस प्रदेश २ अधिवेशन :९७७ मत खस्यो



काठमाडौँ, ८ पुस। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज भइरहेको मतदान जारी छ । योसँगै उम्मेदवारहरुले मतदातासँग मत माग्ने क्रम पनि जारी रहेको छ । बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र छपाइमा भएको ढिलाइका कारण आज बिहान १० बजेदेखि मतदान सुरु भएको थियो ।

प्रदेश २ कार्यसमिति चयन गर्न जारी मतदानमा हालसम्म ९७७ मत खसिसकेको छ । कांग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयन गर्न पार्टी सभापति शेरबहादुर देउवा पक्षका कृष्णप्रसाद यादव र निधि–कोइराला पक्षबाट रामसरोज यादवबीच प्रतिस्पर्धा भइरहेको छ । मतदानमा १ हजार ९८० जना प्रतिनिधि सहभागी रहेको निर्वाचन समितिले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot