Logo

आन्दोलनबाटै हिन्दुराज्य र राजसंस्था स्थापित गर्छौं : अध्यक्ष लिङ्देन



शरद रेग्मी दाङ ८ पुस । राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले प्रजातन्त्रसहित राजसंस्था र हिन्दुराज्य आन्दोलनबाटै स्थापित हुने बताएका छन् । रिपोर्टर्स क्लब नेपालको दाङले बिहीबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘हामीले आन्दोलनबाटै वा निर्वाचनबाट प्रजातन्त्रसहितको राजसंस्था र हिन्दु राज्यको स्थापना गर्नेछौं, तर हाम्रो आन्दोलन शान्तिपुर्ण र अहिंसात्मक हुनेछ’, रिपोर्टर्स क्लबका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उनले भने । यसका लागि नेपाली जनता आँतुर रहेको पनि उनको अभिव्यक्ति थियो ।

कांग्रेस महाधिवेशनमा आफुले बोलेको अभिव्यक्तिका विषयमा उनले कुनै प्रतिक्रिया दिएनन । ‘कांग्रेस महाधिवेशनमा मैले बोलेका कुराहरुको प्रतिक्रियाका विषयमा मैले प्रतिवाद गर्न चाहन्नँ, त्यो त जनताले स्वयम प्रतिवाद गरिसकेका छन्’-उनले भने । अहिले चर्चामा रहेको एमसिसिका विषयमा पनि राप्रपाले चांडै आफ्नो आधिकारिक धारणा बनाउने उनको भनाई छ ।

‘एमसिसि पहिले संसदमा टेवुल होस, यसका विषयमा व्यापक छलफल होस, त्यसपछि मात्रै आवस्यकता अनुसार धारणा बनाउन सकिन्छ’, उनले भने । मुलुकमा धेरै महत्वाकांक्षी विकास निर्माणका योजनाहरुले गति लिन नसकेको अवस्थामा यति सानो जम्मा ५५ अर्वको परियोजनामा यतिधेरै टिकाटिप्पणि पनि आवस्यक नभएको उनले बताए । ‘यति सानो सहयोगले पनि मुलुकको स्वाभिमान, राष्ट्रिय स्वाधिनता, स्वाभिमान र राष्ट्रिय अखण्डतामा आच आउनुहुंदैन भन्ने हाम्रो मान्यता हो’-उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot