Logo

हसाइरहनुपर्ने स्वभावका थिए एसएसपी यादव



काठमाडौं, ९ पौष । नेपाल प्रहरीका एसएसपी सुशीलकुमार यादव झुण्डिएका अवस्थामा सरकारी निवासभित्र फेला पर्दा उनलाई नजिकबाट चिन्ने प्रहरी अधिकृतहरु आश्चर्यमा परेका छन् । सधै हाँस्न र हसाउनुपर्ने स्वभावका थिए यादव ।

उनलाई नजिकबाट चिन्ने एकजना प्रहरी अधिकृतले भने,‘उहाँ निकै हसाइरहनुपर्ने हुनुहुन्थ्यो ।’ जिमका सौखिन थिए यादव । जहाँ खटिएर गएपनि जिमशाला बनाइहाल्थे ।
शारीरिक रुपमा पनि हृष्टपुष्ट थिए । भीमकाय शरीरका यादवको कार्यक्षमता पनि राम्रो थियो । उनी बढुवामा भने पछि परेका थिए ।

सुशील यादवका ब्याची विश्वराज पोखरेल र सहकुल थापा एआइजीमा बढुवा भइसकेका छन् । उनको बढुवा रोकिंदा एसएसपीमै सेवानिवृत्त हुने अवस्था बनेको थियो । १५ माघमा पनि उनी सेवानिवृत्त हुँदै थिए ।

यादव मधेशी समुदायबाट प्रहरीको माथिल्लो तहमा पुग्ने थोरै प्रहरीमध्येका थिए । यादवको मृत्युबारे प्रहरीले अनुसन्धान बढाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot