Logo

माओवादी केन्द्रको महाधिवेशनमा प्रधानमन्त्री देउवा, ओलीदेखि विप्लवसम्मलाई निम्तो, को-को आउने भए ?



काठमाडौं, १० पुस । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको छ । आज (शनिबार) बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपमान्तरण गर्ने निर्णय गरेको हो । बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले पार्टीमा आकर्षण बढ्दै गएकाले राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय भएको बताए ।

माओवादीले भोलिबाट काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने तयारी गरिरहेको थियो । तर पार्टीमा आकर्षण बढेपछि त्यसलाई परिवर्तन गरेर राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । माओवादीले आइतबार बिहान ८ बजे केन्द्रीय समितिको बैठक बोलाएको छ। उक्त बैठकले स्थायी समिति बैठकको निर्णय अनुमोदन गर्ने प्रवक्ता महराले जानकारी दिए । यसअघि माओवादीले हेटौंडामा महाधिवेशन गरेको थियो ।

भोलिको महाधिवेशनमा माओवादीले अतिथिको रुपमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि नेकपाका महासचिव नेत्रविक्रम चन्दसम्मलाई निम्तो दिएको छ । यसअघि एमाले, राप्रपा र कांग्रेसको महाधिवेशनमा पनि अरु दलका नेताहरुलाई अतिथिको रुपमा बोलाएर बोल्न दिईएको थियो । माओवादी केन्द्रले पनि सबै दलका नेताहरुलाई अतिथिको रुपमा बोलाएको छ। भोलिबाट सुरु हुने महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री देउवा आउने निश्चित् भएको छ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्षहरु उपेन्द्र यादव र डा. बाबुराम भट्टराईलाई निम्तो दिईएको छ । उनीहरु आउने निश्चित् भएको छ । त्यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि निम्तो दिईएको माओवादी केन्द्रका एक नेताले जनाए । त्यस्तै उद्घाटन सत्रमा विप्लव, चित्रबहादुर केसीदेखि अन्य वाम दलका नेताहरुलाई बोलाईएको छ । तर, ओली भने पार्टीको काममा यतिवेला झापामा छन् । उनी आउने सम्भावना कम रहेको बताईएको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot