Logo

कौडा खेलिरहेको अवस्थामा पक्राउ



मकवानपुर, १२ पुस। बकैया गाउँपालिका-९ बैरुङ्दमारस्थित खुल्ला चौरमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय दावा लामा बम्जन समेत ८ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त चौरमा कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फापरबारी, वडा प्रहरी कार्यालय हेटौंडा र प्रहरी चौकी हात्तिसुँडेबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६७ हजार ६ सय ३५ रुपैयाँ र कौडा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot