Logo

अस्रफ घानी यो वर्षकै भ्रष्ट व्यक्तिको सूचिमा



एजेन्सी, १५ पुस। अफगानिस्तानका पूर्वराष्ट्रपति अस्रफ घानी सन् २०२१ का सबैभन्दा भ्रष्ट व्यक्तिको सूचिमा परेका छन् । अर्गनाइजेसन क्राइम एण्ड करप्सन प्रोजेक्ट (ओसीसीआरपी) द्वारा सन् २०२१ का सबैभन्दा भ्रष्ट व्यक्तिको सूचिमा घानी परेका हुन् । ओसीसीआरपी विश्वव्यापी मिडिया आउटलेट्सका लागि काम गर्ने एक गैर नाफामुखी खोजमुलक समाचार रिपोर्टिङ प्लेटफर्म हो । सो मिडिया प्लेटफर्मद्वारा हालै जारी रिपोर्टमा घानी भ्रष्ट व्यक्तिको सूचिमा परेका हुन् ।

समस्या र मृत्युको मुखमा पुगेका आफ्ना नागरिकको साथ छोडेको र भ्रष्ट एवम् अयोग्य भएका कारण घनी सो सूचिमा परेको ओसीसीआरपीले बताएको छ । ओसीसीआरपीको रिपोर्टअनुसार सो सूचिमा बेलारुसका राष्ट्रपति अलेक्जान्द लुकाशेको भ्रष्ट व्यक्तिको शीर्ष स्थानमा परेका हुन्। लुकाशेकोबाहेक सिरियाली राष्ट्रपति बसर अल असद, टर्कीका राष्ट्रपति रेसिप तैयप एर्दोगान र पूर्वअष्ट्रियाली चान्स्लर सेबेस्टियन कुर्जसमेत सो सूचिमा परेका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot