Logo

महात्मा गान्धीबार र्दुवचनयुक्त वाक्य बोल्ने कालिचरण महाराज पक्राउ



एजेन्सी, १५ पौष । महात्मा गान्धीविरुद्ध अभिव्यक्ति दिने हिन्दु धर्म गुरु कालिचरण महाराज भारतमा पक्राऊ परेका छन् । उनलाई मध्यप्रदेशबाट छत्तीसगढ प्रहरीले पक्राऊ गरेको हो ।

बिहिबार पक्राऊ गरिएका कालिचरणलाई साँझसम्म सडकमार्गबाट छत्तीसगढ लगिने इन्डियन एक्सप्रेसले जनाएको छ । उनलाई २४ घन्टाभित्र अदालतलमा प्रस्तुत गरिने बताइएको छ ।

राइपुरको धर्म संसदमा आइतबार कालिचरण महाराजले महात्मा गान्धीविरुद्ध दुव्र्यवहारपूर्ण शब्द प्रयोग गरेको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot