Logo

ऋतिक रोशनकी पूर्वपत्नी सुजैन खान ओमिक्रोन संक्रमित



एजेन्सी, २७ पुस। बलिउड नायक ऋतिक रोशनकी पूर्वपत्नी सुजैन खानलाई कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण पुष्टि भएको छ। उनले आफू ओमिक्रोन भेरियन्टबाट संक्रमित भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन् ।

सुजैनले इन्स्टाग्राममा पोस्ट सेयर गर्दै लेखेकी छिन्, ‘कोभिड-१९ लाई विजयी प्राप्त गरेको दुई वर्षपछि यो जिद्दी ओमिक्रोन भेरियन्टले मेरो रोग प्रतिरोधात्मक क्षमतालाई नष्ट गरिदियो।”सोमबार राती मेरो टेस्ट पोजेटिभ आयो। कृपया सुरक्षित रहनुहोस् र आफ्नो ख्याल राख्नुहोस्। यो धेरै संक्रामक छ,’ उनले इन्स्टाग्राममा लेखेकी छिन्। सुजैनको यो पोस्टमा उनका साथी र फ्यानले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot