Logo

‘एनिमल’मार्फत बलिउडमा डेब्यु गर्दै विपिन कार्की



काठमाडौं, २८ पुस । नेपाली फिल्मका चर्चित हस्ती विपिन कार्की बलिउड फिल्ममा अभिनय गर्ने भएका छन् । कार्कीले बलिउडको ‘एनिमल’ नामक फिल्ममा अभिनय गर्ने भएका हुन् ।

एनिमलमा भारतिय कलाकारहरु अनिल कपुर, रणवीर कपुर लगायतका उत्कृष्ट अभिनय रहने जनाइएको छ । फिल्मलाई सन्दीप रेड्डीले निर्देशन गर्ने भएका छन् । फिल्मको सुटिङ अगस्टमा हुने भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्