Logo

उत्तर कोरियाको भन्दा नेपालको पासपोर्ट ‘खराब’ सूचीमा



काठमाडौं, २८ पौष । उत्तर कोरिया यस्तो कम्युनिस्ट राष्ट्र हो जहाँ भोकमरी र क्रुरता चर्चामा आइरहन्छ । उत्तर कोरियामा प्रवेश सजिलो छैन । उसका नागरिकलाई त्यहाँबाट निस्कन पनि सहज छैन ।

उत्तर कोरियाको पासपोर्ट विश्वको खराबमध्येको सूचीमा पर्छ । तर, उत्तर कोरियाको भन्दा नेपालको पासपोर्ट खराब सूचीमा पर्छ भन्दा आश्चर्य लाग्ला । तर, सत्य यही हो ।

हेनले एन्ड पार्टनर्सले विश्वको शक्तिशाली पासपोर्टहरुको सूची प्रकाशित गर्दा नेपाल निकै तल परेको छ । उत्तर कोरिया १०४औं नम्बरमा पर्दा नेपाल १०५औं नम्बरमा परेको छ । नेपाली पासपोर्ट बोकेर ३७ गन्तव्यमा मात्र भीसा विना पुग्न सकिन्छ । उत्तर कोरियाली पासपोर्ट बोकेर ३९ गन्तव्यमा विना भीसा सिधै पुग्न सकिन्छ ।

नेपालपछि कम शक्तिशाली पासपोर्ट भएको देशहरुमा सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान पर्दछन् ।

विश्वको उत्कृष्ट पासपोर्टहरुमा जापान र सिंगापुर पहिलो नम्बरमा छन् । यी पासपोर्ट बोकेका नागरिक १९२ देशमा भीसा विना प्रवेश गर्न सक्छन् । त्यसपछि जर्मनी र उत्तर कोरिया पर्छन् । फिनल्यान्ड, इटाली, लक्जेमवर्ग र स्पेनका पासपोर्ट पनि शक्तिशालीमा पर्छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot