Logo

राप्रपाले भन्यो-‘लिपुलेकमा भारतले एकतर्फी रुपमा सडक निर्माण गर्नु नेपाली सार्वभौमिकताको विरुद्ध’



काठमाडौँ, १ माघ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लिम्पियाधुरामा भारतले सडक बनाइरहेको विषयमा नेपाल सरकारले प्रतिवाद गर्नुपर्ने स्पष्ट पारेका छन् । राप्रपाले एक विज्ञप्ती जारी गर्दै सडक निर्माण गरिरहेको विषय सार्वजनिक हुँदा पनि नेपाल सरकार र सत्तारूढ गठबन्धनको मौन रहेको भन्दै आलोचना गरेको छ। राप्रपाले सरकार र सत्तारुढ गठबन्धनको मौनतालाई ‘दु:खद र रहस्यमय’ भनेको छ।

केही साताअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै नेपाली भूमि लिम्पाधुरामा सडक निर्माण भइरहेको बताएका थिए। मोदी आफैले नेपाली भूमिमा सडक बनेको बताएपनि शेरबहादुर देउवा नेतृत्वको सरकारले भने यस विषयमा केही बोलेको छैन।

राप्रपाले नेपाली भूमिमा भइरहेको हस्तक्षेपका बारे भारतसँग कुटनैतिक र राजनीतिक तहमा संवाद गर्न सरकारलाई भनेको छ। राप्रपाले भारतसँग वार्ता गरेर लिम्पियाधुरामा अविलम्ब निर्माण कार्य रोक्न र भूमिको रक्षा हुने गरि समाधान निकाल्न माग समेत गरेको छ।



प्रतिक्रिया दिनुहोस्