Logo

आलोचनापछि भट्टराईको स्पष्टीकरण-‘पत्र वाचन गर्दा खोलेको मास्क लगाउन भुलेछु’



काठमाडौँ, १ माघ।: नेकपा (एमाले)का सचिव योगेश भट्टराईले आज (शनिबार) बालुवाटारमा आयोजित कार्यक्रममा मास्क नलगाएको भन्दै आलोचना भइरहेको छ । आलोचना बढ्दै गएपछि सचिव भट्टराईले उक्त घटनाबारे आफ्नो सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका हुन् ।

उनले लेखेका छन्,’आज कोभिड- १९ का सम्बन्धमा नेकपा एमालेका तर्फबाट प्रधानमन्त्रीज्यूलाई ध्यानाकर्षण गराउने कार्यक्रममा हाम्रो प्रतिनिधि मन्डलले प्रधानमन्त्रीको सचिवालयद्वारा निर्धारण गरेको स्वास्थ्य मापदन्डलाई पूर्ण पालना गरेको अनुरोध गर्दछु । ध्यानाकर्षणपत्र वाचनकाक्रममा मैले माक्स खोलेको थिए ।तत्क्षण पत्र हस्तान्तरण गर्नुपर्दा माक्स लगाउन भुलेको बारेमा संचारमाध्यममा आएको टिप्पणीको स्वागत गर्दछु । बिषय र घटनाको सार र रुप पक्षलाई छुट्याएर बुझ्न् सबैमा अनुरोध गर्दछु ।’

आज सरकारलाई कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि ध्यानाकर्षण पत्र बुझाउन एमालेको प्रतिनिधिमण्डल बालुवाटार पुगेको थियो । उक्त कार्यक्रमको सार्वजनिक भएको तस्बिरमा भट्टराईले मास्क लगाएको देखिँदैन । भट्टराईले मास्क नलगाएको भन्दै सामाजिक सञ्जालमा भट्टराईमाथि व्यङ्ग्य गरिएको थियो। ‘नाक-मुखमा लगाउनुपर्ने मास्क खुट्टामा लगाएको’ भन्दै सामाजिक सञ्जालमा उनको व्यङ्ग्य गरिएको थियो ।

उक्त तस्बिरलाई लिएर सामाजिक संजालमा व्यंग्य गरिएको थियो।

 



प्रतिक्रिया दिनुहोस्