Logo

विश्व नम्बर एक टेनिस खेलाडी जोकोभिच हिरासतमा, सुनवाइका लागि अदालत जाँदै



एजेन्सी, २ माघ। विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच अस्ट्रेलियामा दोस्रोपटक हिरासतमा परेका छन् । जोकोभिचका वकिलले जानकारी दिएअनुसार आइतबार यसबारेअस्ट्रेलियाको एक अदालतमा सुनवाइ हुनेछ । अस्ट्रेलियाली सरकारले उनलाई जनस्वास्थ्यमा खतरा बताएको छ ।

जोकोभिच विना भ्याक्सिन अस्ट्रेलियामा रहन सक्छन् वा सक्दैनन् अदालतले निर्णय गर्नेछ । यसअघि, जोकोभिच अस्ट्रेलियामा इमिग्रेसन मन्त्री एलेक्स हाकले जोकोभिचको भिसा रद्द गरेका थिए । मेलबर्नको एक अदालतले गत सोमबार उनको भिसा फिर्ता गर्न निर्णय लिएको थियो । तर, जोकोभिचको भीसा फेरि एकपटक रद्द गरिएको छ । यसविरुद्ध जोकोभिचका वकिलले अस्ट्रेलियाली सरकारविरुद्ध अदालतमा मुद्दा राखेका हुन् । यसको सुनवाई आज हुँदैछ ।

वर्षको पहिलो ग्रान्डस्लामको रुपमा परिचित प्रतियोगिता अस्ट्रेलियन ओपन सोमबारदेखि मेलबर्न पार्कमा शुरु हुदैछ । यसमा सहभागी हुन् सर्बियाका खेलाडी जोकोभिचले सोही बारसम्म प्रतियोगितामा सामेल हुनुपर्नेछन् । यदि, जोकोभिचले मुद्दा हारेमा उनको भिसा रद्द गरिनेछ र अस्ट्रेलियाको भीसा तीन वर्षसम्मको लागि प्रतिबन्ध पनि गर्न सकिनेछ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot