Logo

चिनियाँ ‘नाकाबन्दी’को असरः डेढ खर्बको सामान आयात हुँदा ४५ करोडको मात्र निर्यात



काठमाडौं, ९ माघ । चीनको अघोषित नाकाबन्दी निरन्तर चलिरहेको छ । उसले चाहेमा सीमाबाट सामान पठाउने र ल्याउने गर्छ । नचाहेमा रोकिदिन्छ ।

चीनबाट चालु आर्थिक वर्षको ६ महिनामा एक खर्ब ४५ अर्ब ९१ करोड ३६ लाख रुपैयाँ बराबरको सामान आयात भएको छ । तर, ४५ करोड ६२ लाख ४७ हजार मूल्यको सामान निर्यात भएको भन्सार विभाजले जनाएको छ ।

केही दशक अघिसम्म चीनबाट आयातभन्दा निर्यात बढी हुन्थ्यो । अहिले चीनसँगको व्यापार घाटा उच्च छ ।

चालु आर्थिक वर्षको ६ महिनामा ९ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख रुपैयाँ बराबरको आयात हुँदा १ खर्ब १८ अर्ब ८५ करोडको निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

भारतबाट ६ खर्ब ३ अर्ब ५४ करोड ५१ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । भारततर्फ ९६ अर्ब ५६ करोड बराबरको सामान निर्यात भएको भन्सार विभागले जनाएको छ । भारतबाट आयातमा पेट्रोलियम पद्धार्थ समेत समावेश छ । भारतले पनि पेट्रोलियम पद्धार्थ तेस्रो मुलुकबाट खरिद गरी नेपाललाई विक्री गर्दछ । यो महिनामै अरबौं रुपैयाँको हुनेगर्छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्