Logo

क्यामरुनको म्याच हेर्न रङ्गशालामा छिर्नेहरु किचिंदा ६ को मृत्यु (भिडियोसहित)



एजेन्सी, ११ माघ । अफ्रिकी कप अफ नेसन्स फुटबल अन्तर्गत आयोजक क्यामरुनको कोमोरोजसँगको प्रतिष्पर्धा हेर्ने भीडमा किचिंदा ६ जनाको मृत्यु भएको छ । गएराति भएको खेल हेर्न जानेहरु स्टेडियम बाहिर भीड गर्दा किचिदा उक्त घटना भएको हो ।

आयोजकले सयौं घाइते भएको पुष्टि गरेका छन् । केटाकेटी बेहोस भएका थिए ।

६० हजार क्षमताको रङ्गशालामा ५० हजारलाई मात्र प्रवेश दिइने भएपछि निकै कडा चेकजाँच भएको थियो । त्यस क्रममा मानिसहरुको भीडमा किचिदा घटना भएको थियो ।

घटनाका बाबजुद प्रतिष्पर्धा भएको थियो । क्यामरुनले कोमरोजलाई २-१ ले पराजित गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot