Logo

नेपालमा पुरुष भन्दा महिलाको जनसंख्या ६ लाख बढी



काठमाडौं, १२ माघ । केन्द्रीय तथ्यांक विभागले नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको जनाएको छ । त्यसमध्ये महिलाको जनसंख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ पुगेको छ ।

२०६८ सालमा भएको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो । अघिल्लो पटकको तुलनामा जनसंख्या वृद्धिदर घटेको हो । यसपटक ०.९३ प्रतिशत वृद्धिदर भएको विभागले जनाएको छ ।

Photo-Mukunda Kalikote

 



प्रतिक्रिया दिनुहोस्

Screenshot