Logo

युक्रेनलाई नेटो सदस्य बन्न रोक लगाउनुपर्ने रुसी माग अमेरिकाद्वारा अस्वीकार



एजेन्सी, १३ माघ। अमेरिकाले युक्रेनलाई नेटो सदस्य बन्न रोक लगाउनुपर्ने रुसी माग अस्वीकार गरेको छ। रुसले उसको छिमेकी मुलुक युक्रेनमाथि आक्रमण गर्नसक्ने चिन्ताबीच अमेरिकाको यस्तो भनाइ आएको हो।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले युक्रेन संकट समाधानका लागि रुसले अघि सारेका मागको औपचारिक रुपमा जवाफ दिँदै अमेरिकी अडान प्रस्तुत गरे। उनले अमेरिकाले आफ्नो मूलभूत सिद्धान्तमा कुनै छुट नदिने बताए।

ब्लिंकनले संकट समाधानका लागि गम्भीर कूटनीतिक बाटो अगाडि बढाउने प्रस्ताव राख्दै रुसले त्यसैलाई रोज्नुपर्नेमा जोड दिए। ब्लिंकनको भनाइपछि एक रुसी मन्त्रीले नेटोसँगको समन्वयबारे आएको ब्लिंकनको प्रतिक्रियाको आफ्नो देशले अध्ययन गर्ने बताएका छन्।

यसअघि रुसले पनि नेटो सैन्य गठबन्धनको बिस्तार र सम्बन्धित सुरक्षा मामिलाबारे आफ्ना चिन्ताका विषयमा लिखित सूची जारी गरेको थियो। त्यसमध्ये युक्रेन र अरुलाई गठबन्धनमा सामेल हुने सम्भावनालाई अस्वीकार गर्न नेटोसँग माग गरिएको थियो। केही सातायता रुसले युक्रेनको सीमामा ठूलो संख्यामा रुसी सैनिक परिचालन गरेको छ। रुसी सैनिक परिचालनलाई पश्चिमा देशहरुले रुसले युक्रेनमा आक्रमण गर्न खोजेको रुपमा बुझेका छन् । तर रुसले यो आरोप अस्वीकार गर्दै आएको छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot