Logo

पशुपतिनाथको मन्दिर खुलाउने कोषको तयारी



काठमाडौं, २६ माघ । पशुपति क्षेत्र विकास कोष आगामी फागुन १ गतेदेखि पशुपतिनाथको मन्दिर खुलाउने तयारीमा जुटेको छ । नेपालमा कोरोना संक्रमणदर कम हुँदै गएपछि मूल मन्दिरमा भक्तजनलाई पूजाआजाका लागि खुला गर्न कोषले तयारी थालेको हो ।

माघ ७ गतेदेखि लागु हुनेगरि सरकारले काठमाडौं उपत्यकामा जारी गरेको आदेशबमोजिम मन्दिर बन्द गरिएको थियो । फागुन १ गतेबाट विद्यालय, होटेल, रेस्टुराँहरू सञ्चालन गर्न सरकारले अनुमति दिएको छ । सरकारकै आदेशबमोजिम मन्दिर पनि खुलाउने तयारीमा रहेको कोषले जनाएको छ ।

शिवरात्रि पर्व पनि नजिकिएकाले हुनाले थप तयारी पनि सुरु गरिने कोषको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot