Logo

लोकप्रीय कलाकार जयनन्द लामाको घरको गेटमा मृत्यु



काठमाडौं, ११ फागुन । लोकप्रीय कलाकार जयनन्द लामाको निधन भएको छ । उनी भक्तपुरको कौशलटारस्थित घरको गेटमा लडेका थिए ।

आज विहान २ बजे उनी गाडीबाट ओर्लने क्रममा लडेको बताइएको छ । यसबारे अनुसन्धान भइरहेको बुझिएको छ ।

लामा लोकगायन तथा हाँस्य कला क्षेत्रमा लोकप्रीय छन् । सिन्धुपाल्चोकको बाह्रबिसेका स्थायी बासिन्दा लामाले थुप्रै टेलिचलचित्र र चलचित्रमा अभियन गरेका छन् ।

पुरानो चलचित्र मनको बाँध देखि पछिल्लो समयमका चर्चित चलचित्र छक्कापञ्जामा समेत उनको भूमिकाको प्रशंशा भएको थियो । लामाले थुप्रै पुरस्कार समेत प्राप्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot