Logo

रुसद्वारा युक्रेनमाथि आक्रमण



एजेन्सी, १२ फागुन । रुसले युक्रेनमाथि आक्रमण गरेको छ । उसले पूर्वी युक्रेनमा सैन्य कारबाही चलाएको हो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेसँगै आक्रमण सुरु गरेको हो । उनले कुनै देशले हस्तक्षेप गर्न आए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।

युक्रेनबाट अलग भएको घोषणा गरेका डोनेत्स्क र लुगान्स्कका प्रमुखहरुले सहयोगको आग्रह गरेको भन्दै रुसले आक्रमण सुरु गरेको हो ।

उनीहरुले लिखित अनुरोध नै गरेको रुसी समाचार संस्था तासले क्रेमलिनका प्रवक्ताको भनाई उदृत गर्दै भनेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot