Logo

युक्रेनका राष्ट्रपतिले भने- रुसले युक्रेनमाथि क्षेप्यास्त्र प्रहार गर्यो



एजेन्सी, १२ फागुन। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गरेका छन् । रुसी सेनाले आफ्नो मुलुकका पूर्वाधार र सीमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरेको राष्ट्रपति जेलेन्स्कीले बताएका हुन् ।

रुसले समेत युक्रेनको सैन्य पूर्वाधार क्षेत्रमाथि आक्रमण गरेको बताएको छ । तर, रुसले युक्रेनका शहरहरुमा आक्रमण नगरेको बताएको बीबीसीमा उल्लेख छ । रुसले भनेको विषयलाई उदृत गर्दै बीबीसीले लेखेको छ, ‘युक्रेनको सैन्य पूर्वाधार, वायु सेना र सीमा क्षेत्रमा उच्च प्रविधिको हतियारसहित आक्रमण गरिएको छ ।’-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot