Logo

‘ए’ डिभिजन लिगः जावलाखेल र संकटा बराबरीमा रोकिए



काठमाडौं, १३ फागुन । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लब र संकटा क्लबले बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (शुक्रबार) भएको खेलमा जावलाखेल र संकटा १–१ गोलको बराबरीमा रोकिएका हुन् ।

खेलको १४औं मिनेटमा सुनिल खड्काले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ६१औं मिनेटमा उत्तम राईले गोल गर्दै संकटालाई १–१ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै जावलाखेलले १३ खेलमा १४ अंकका साथ सिजनको अन्त्य गरेको छ ।

संकटाले १६ अंक सहित सिजनको अन्त्य गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot