Logo

रुसमा तय भएको च्याम्पियन्स लिगको फाइनल खेल रद्द



काठमाडौं, १३ फागुन । रुसमा हुने भनिएको ‘युइएफए च्याम्पियन्स लिग २०२२’ को फाइनल खेल रूसमा नहुने भएको छ ।

रूसले युक्रेनमाथि आक्रमण गरेपछि विश्व फुटबल महासंघले रूसको सेन्ट पिटर्सवर्गमा हुने भनिएको फाइनल सारेको हो ।

शुक्रबार बसेको युरोपियन फुटबलको सर्वोच्च निकायको आकस्मिक बैठकले रूसमा गर्ने भनिएको फाइनल पेरिसमा गर्ने प्रस्ताव गरेको छ ।

फाइनल २८ मेमा सेन्ट पिटर्सवर्गको गाज्प्रोम एरेनमा हुने तय थियो।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot