Logo

एमसीसी सम्झौता ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन हुनु आफूहरूको सफलता: माधव नेपाल



काठमाडौँ, १७ फागुन। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित अनुमोदन हुनु आफूहरूको सफलता रहेको बताएका छन् । एमसीसी सम्झौताबारेमा पार्टीको धारणा सार्वजनिक गर्न आज मङ्गलवार काठमाण्डौमा गरेको पत्रकार सम्मेलनमा उनले यस्ताे बताएका हुन् ।

अध्यक्ष नेपालले भने, ‘हामीहरूले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्न पहल नगरहेको भए एमसीसी जस्ताको तस्तै पारित हुने खतरा थियाे । हामीहरूकै पहलका कारण एमसीसी जस्ताको तस्तै पारित नभएको हाे ।’ व्याख्यात्मक घोषणा आफ्नो पार्टीले लिएको अडानको सफलता भएको भन्दै उनले अब एमसीसीबाट सम्भावित खतरा टरेको पनि बताएका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot