Logo

मेयर कप करातेमा धादिङको निलकन्ठ नगरपालिका पुरुष टिम प्रथम



उत्कृष्ट खेलाडी उपाधी पनि जित्न सफल

काठमाडौं, २१ फागुन । काठमाडौंको तारकेश्वर नगरपालिकाको आयोजनामा फागुन २० र २१ गते आयोजना भएको मेयर कप कराते प्रतियोगितामा धादिङको निलकन्ठ नगरपालिकाले ४ स्वर्ण ३ रजत र ४ कास्य साथ सबै भन्दा धेरै ११ पदक जित्न सफल भएको छ ।

नेपालको विभिन्न ३७ नगरपालिकाको सहभागीता रहेको प्रतियोगितामा खेलाडीहरु बिजय श्रेष्ठ, मीन बहादुर तामाङ, प्रतीक घर्ती मगरले उपाधी जित्न सफल भएका हुन ।
तौल समुहमा ५५ केजि मा मीन बहादुर तामाङ स्वर्ण पदक, ६० केजि तौल समुहमा बिजय श्रेष्ठ स्वर्ण पदक, महिलाको ५५ केजि समुहमा एलिना बिकले स्वर्ण पदक जित्न सफल भएका हुन् । रजत पदक जित्न सफल हुनेहरुमा महिलाको टिम फाईटमा डाईना ओझा, एलिना बिक र एन्जिला धिमाल छिन ।

त्यस्तै, पुरुष खुल्ला तौलमा निशान मल्ल रजत पदक र महिला खुल्लामा डाइना ओझाले रजत पदक जित्न सफल भएका छन् । कास्य पदकमा निशा घर्ती मगर एकल काता, ६७ तौलमा सन्तोष क्षेत्री, ४५ केजिमा एन्जिला धिमाल र प्रतियोगिताको उत्कृष्ट खेलाडी उपाधी बिजय श्रेष्ठले प्राप्त गरे । प्रतियोगिताको टिम मेनेजर शंकर धमला र प्रशिक्षकमा अनुपमा मगरले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot