Logo

श्रीलंका नेभीमाथि नेपालको फराकिलो जित



काठमाडौं, २३ फागुन । नेपाली क्रिकेट टिमले पहिलो अभ्यास खेलमा श्रीलंका नेभीमाथि जित निकालेको छ ।

५० ओभरको पहिलो अभ्यास खेलमा नेपालले श्रीलंका नेभीलाई १ सय ११ रनले पराजित गरेको हो ।

नेपालले दिएको २ सय १५ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंका नेभी २८.५ ओभरमा अलआउट हुदै १ सय ३ रन मात्र जोड्न सक्यो ।

श्रीलंका नेभीका लागि एम मधुशंकाले सर्वाधिक ३९ रन जोडे ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए भने पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र विक्रम सोबले समान दुई–दुई विकेट लिए ।

साथै, कमल सिंह ऐरी, सागर ढकाल र करण केसीले एक–एक विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा अलआउट हुदै २ सय १४ रन जोडेको थियो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४३ तथा आशिफ शेखले ३६ रनको योगदान गरे ।

श्रीलंका नेभीका लागि ए अकुरुगोडाले सर्वाधिक ४ विकेट लिए ।

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग टु अन्तर्गत सिरिजको तयारीका लागि नेपाली टोली श्रीलंका गएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot