Logo

‘एमाले सधैँ मधेसको पक्षमा छ’ : ईश्वर पोखरेल



जनकपुर, ३० फागुन । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले एमाले सधैँ मधेसको पक्षमा रहेको दाबी गरेका छन् । एमाले धनुषाको सातौँ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई आज (सोमबार) जनकपुरधाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पोखरेलले मधेसमा रहेको भेदभाव र गरिबीविरुद्ध एमाले उभेको जिकिर गरे । उनले भने,“एमाले कुनै नेताको पार्टी होइन, जनताको पार्टी हो ।” एमालेको भाग्य र भविष्य जनतासँग जोडिएको उनको तर्क थियो ।

एमालेका सचिव रघुविर महासेठले एमाले मधेसमैत्री पार्टी भएको भन्दै एमाले नेतृत्वको सरकारले मधेसका लागि २५० वर्षमा हुन नसकेका काम तीन वर्षमा गरेको जिकीर गरे ।

जिल्ला अध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा भएको उद्घाटन सत्रमा एमालेका पोलिटब्यूरो सदस्य एवं मधेस प्रदेशका सहइञ्चार्ज लिलानाथ श्रेष्ठ, जुलीकुमारी महतोसहितका नेताहरूले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्