Logo

खेल चलिरहँदा रेफ्रीमाथि बियरको बोतल प्रहार भएपछि….



काठमाडौं, ५ चैत । जर्मन बुन्डेसलिगा अन्तर्गत बोचुम र मोन्चेनग्लाडवाचबीचको खेल चलिरहँदा रेफ्रीमाथि बोतल प्रहार भएको छ ।

खेलको ७७औं मिनेटमा सहायक रेफ्री क्रिस्टियन गिटलम्यानमाथि दर्शकदीर्घाबाट बोतल प्रहार भएको थियो । दर्शकदीर्घाबाट प्रहार गरिएको बियरको बोलतले उनको टाउकोमा लागेको थियो ।

मोन्चेनग्लाडवाचले बोचुममाथि २–० को अग्रता बनाएपछि उनीमाथि बोतल प्रहार भएको हो ।

त्यसलगतै सुरक्षाको कारण देखाउदै खेल रद्द गरिएको थियो । घटनापछि बोचुमले माफी मागेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot